तिनाउ विकाश बैंक र मिसन डेभलपमेन्ट बैंक मर्जरमा जाने

0
Shares

राष्ट्र बैंकले ल्याएको पूँजी योजना अनुसार आफ्नो पुँजी बृद्धि गर्न तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक–आपसमा गाभिने भएका छन् ।

बुटवलमा मुख्य कार्यलय रहेको दुई बिकाश बैंकहरुले आइतबार मर्जर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गर्दै एक आपसमा गाभिने र प्रादेशिक स्तरको विकास बैंक बन्ने निर्णय गरेका हुन ।

प्रदेश नम्बर ५ अन्तर्गत बुटवलमा मुख्य कार्यालय भएका यी दुई बैंक १ बराबर १ को सेयर स्वाप अनुपातमा मर्ज हुने भएका हुन् ।
सम्झैतापत्रमा हस्ताक्षर भएसंगै नेपाल स्टक एक्सचेञ्जले दुबै विकाश बैंकको शेयर कारोबार रोक्का गरेको छ । मर्जर सम्बन्धि प्रकृया सकिएपछि मात्र बैंकको शेयर कारोबार खुल्नेछ ।

सम्झौताअनुसार मर्जरपश्चात बैंकले तिनाउ मिसन विकास बैंकको नामबाट कारोबार गर्ने भएको छ । हाल तिनाउ विकाश बैंकको चुक्ता पुँजी ५० करोड ६ लाख रुपैयाँ छ र मिसनको चुक्ता पुँजी ५७ करोड ६४ लाख रुपैयाँ छ ।

सम्झौताअनुसार मर्जरपछि बैंकको नाम “तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड” रहनेछ भने केन्द्रीय कार्यालय बुटवल ४ स्थित पाल्पारोडमा रहेको तिनाउ विकास बैंकको भवनमा रहनेछ ।