काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्नो सुरक्षणमा रहेको घरजग्गा लिलाम गर्ने भएको छ । बैंकले (आदर्शनगर, गोदार, झुम्का र बालाजु) शाखाहरुबाट कर्जा लिएका ऋणीहरुको घरजग्गा ३५ दिनभित्र कर्जा असुली नगर्नेको घरजग्गा लिलाम गर्न लागेको हो ।
बैंकले मंगलबार सूचना जारी गर्दै उक्त शाखाबाट कर्जा अन्तर्गतको सावा, व्याज नियमित रुपमा नतिर्ने र कर्जा असुलका लागि पटक पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकाले ३५ दिनभित्र जेठ २७ गतेदेखि असार ३० गतेसम्म कर्जा चुक्ता गर्न आग्रह गरेको छ । तोकिएको समयमा ऋण चुक्ता नगरेमा सुरक्षणमा रहेको घरजग्गा लिलाम गर्ने बैंकले जनाएको छ ।
बैंकले तोकिएको समयमा कर्जा चुक्ता नगरेमा ऋणी र जमानीकर्ताहरुलाई कालोसूचिमा राख्ने चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया