ब्रोकर कमिशन घटाउने तयारी हुँदै, ०.४ प्रतिशत भन्दा तल कायम गर्ने


नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुको कमिशन घटाउने भएको छ । लगानीकर्ताहरुले ब्रोकरहरुलाई उच्च कमिशन बुझाउन पर्दा लगानीकर्ता मारमा परेको भन्दै बोर्डले कमिशन घटाउन लागेको हो ।

वर्तमान अवस्थाका लागि ब्रोकरहरुलाई न्यूनतम २५ देखि ३० प्रतिशत सम्म कमिशन घटाउने गरी व्यवस्था गर्न लागेको छ । हाल ब्रोकरको न्यूनतम कमिशन करिब ०.४ देखि ०.६ प्रतिशत रहेको छ । 

आउने दिनमा ०.३–०.४ प्रतिशत सम्म झार्ने बोर्डको तयारी रहेको छ । अधिकारीका अनुसार न्यूनतम सिमाको विषयमा छलफल नसकिएको तर अधिकतम सिमा भने ०.४ प्रतिशत भन्दा ज्यादा नहुने जानकारी छ ।

धितोपत्र बोर्डले साढे २ वर्ष पहिला ब्रोकर कमिशन धेरै भएको भन्दै घटाएको थियो । त्यस समयमा घटाएर ५० हजार रुपैयाँ सम्मको ०.६ प्रतिशत, ५० हजार देखि ५ लाख सम्मको ०.५५ प्रतिशत, ५ लाख देखि २० लाख सम्मको ०.५ प्रतिशत, २० लाख देखि १ करोड रुपैयाँ सम्मको ०.४५ प्रतिशत र सो भन्दा माथी ०.४ प्रतिशत सम्म सेवा शुल्क तोकेको थियो । सोही व्यवस्थानुसार हाल ब्रोकरहरुको कमिशन हुदै आएको थियो ।