सेयर बजार परिसुचक नेप्से लगातार ओरालो यात्रामा


काठमाडौँ । सेयर बजार परिसुचक नेप्से लगातार ओरालो यात्रामा छ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से ४.४५ अंकले घटेर १५९५.७४ अंकमा पुगेको हो ।

कारोबारमा आएका ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर ७४ हजार २३९ पटक किनबेच हुँदा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार नेप्से परिसुचक ०.३३ अंकले घटेर २६००.२० अंकमा पुग्दा कारोबार रकम ५ अर्ब ९४ करोड २८ लाख ४२ हजार रुपैयाँ पुगेको थियो ।
बिहिबार विकास बैंक समूह ५२.८८ अंकले बढेको छ । लघुवित्त समूह ६.४१ अंकले र जलविद्युत समूह ३.८२ अंकले बढ्दा होटल तथा पर्यटन समूह सबैभन्दा बढी १२८ अंकले घटेको छ ।

ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.१८ प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशत, बरुण हाइड्रोपावरको सेयर मूल्य ८.९३ प्रतिशतले, पिपुल्स हाइड्रोपावरको ७.१४ प्रतिशत र कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.८४ प्रतिशतले बढेको छ ।

यता, रिलाइबल समृद्धि योजनाको सेयर मूल्य ९.३० प्रतिशतले घटेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ६.०६ प्रतिशत, पियोर इनर्जीको सेयर मूल्य ४.८६ प्रतिशतले, जोशी हाइड्रोपावरको सेयर मूल्य ४.४५ प्रतिशत र के्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ३.८५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी ६२ करोड ५२ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार सहित अग्र स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा सिंगति हाइड्रोपावर इनर्जी १० लाख ५३ हजार ५८४ इकाईको कोरोबार सहित शीर्ष स्थानमा छ । कारोबार संख्यामा आधारमा बरुण हाइड्रोपावर २ हजार ४४७ पटकको कारोबार सहित शीर्ष स्थानमा छ ।

बिहिबारको कारोबार सँगै कूल बजार पूँजीकरण ४३ खर्ब २४ अर्ब ८८ करोड ८१ लाख ४७ हजार रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।