पुनर्निर्माण सम्पन्न गर्न थप ४२९ अर्ब आवश्यक


२०७२ साल वैशाख १२ गतेकोे भूकम्प र त्यसपछिका परकम्पहरुले पु¥याएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनाका लािग थप ४२९ अर्ब आवश्यक पर्ने भएको छ । सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैसस क्षेत्रबाट करिव २०० अर्ब रुपैयाँ परिचालन गर्दा पनि सो रकम थप आवश्यक हुने पुनर्निर्माण प्रधिकरणले जनाएको हो ।

पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माणका लागि कूल ९३८ अर्ब रकमको आंकलन गरिएको प्रधिकरणले जनाएको छ । जस मध्ये आर्थिक वर्ष ०७४÷७५ सम्म कुल १८६ अर्ब रकम खर्च भएको छ भने चालू आर्थिक वर्षमा जम्मा १२३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य राखिएको छ ।

प्रधिकरणले निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानी जस्ता संरचनाहरुको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर कार्य अघि बढाएका थियो । त्यसमध्ये निजी आवासको पुनर्निर्माण केन्द्रमा थियो । निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धी हासिल गरेको प्रधिकरणले जनाएको छ । अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३ सय ७ घर परिवार मध्ये ६ लाख १२ हजार ९ सय ३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा रहेका छन । जसमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २ सय ७७ परिवारले घर पुनर्निर्माण सम्पन्न गरी आ–आफ्नो घरभित्र प्रवेश गरिसकको अवस्था छ । बाँकी रहेका ३० प्रतिशत अर्थात २ लाख ३० हजार ६ सय ५८ परिवार घर पुनर्निर्माणका रहेका छ ।

जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाइ भूमिहीन, स्ववासी लगायतको समस्या पनि समाधान गर्ने प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ ।

भूकम्पबाट ७ हजार ५ सय ५३ विद्यालयमा क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति हासिल गरेका प्राधिकरणको दावी छ । जसमा ५९ प्रतिशत अर्थात ४ हजार ४ सय ७६ को पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १ हजार ७ सय ७२ विद्यालय पुनर्निर्माणको क्रममा छन् ।

त्यसैगरी स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धी हासिल गरेको प्राधिकरणले जानकारी दिएको छ । जसमा ५४ प्रतिशत अर्थात ६ सय ४३ को पुनर्निर्माण सम्पन्न भैसकेको छ भने १२ प्रतिशत अर्थात १ सय ४५ पुनर्निर्माणको क्रममा छन् ।

पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा भूकम्प अति प्रभावित जिल्लामा ५९ प्रतिशत उपलब्धी हासिल गरेका प्राधिकरणको दावी छ । जसमा २ सय २४ वटा अर्थात ३० प्रतिशत पुननिर्माण सम्पन्न भएका छन् भने २२१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा छन् । यसको कलात्मकताको जगेर्ना, प्राचीन निर्माण सामग्रीको प्रयोग र स्थानीय समुदायको दैनिक जीवनसँग यसको सम्बन्ध लगायतका मुद्दाले सम्पदा पुनर्निर्माणको कार्य सबैभन्दा जटिल र धेरै समय लाग्ने समेत प्राधिकरणले जनाएको छ । पुनर्निर्माणका क्रममा उठेका मुद्दाहरुलाई सम्बोधन गर्दै रानीपाखेरी, धरहरा, काष्ठमण्डप लगायत काठमाडौं उपत्यका भित्रका सातवटै विश्व सम्पदा क्षेत्रका सम्पदाहरुको पुनर्निर्माण द्रुत गतिमा अघि बढाइएको छ । गुम्बाहरु पुनर्निर्माणको लागि कार्यविधि तय गरी डिजाइन कार्य भइरहेको छ । केही समयपछि गुम्बाहरुको पनि पुनर्निर्माण सुरु गर्ने प्राधिकरणले जनाएको छ ।

सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा ५६ प्रतिशत प्रगति भएकोमा ३८ प्रतिशत अर्थात १ सय ४५ को पुनर्निर्माण सम्पन्न भएको छ भने १८ प्रतिशत अर्थात ७१ वटा भवन पुनर्निर्माणको क्रममा छन् । यस्तै सरकारी भवनको पुनर्निर्माणमा ९८ प्रतिशत सम्पन्न भएको छ । यसमध्ये ६३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३५ प्रतिशत पुनर्निर्माणको क्रममा छन् । भूकम्पबाट क्षति भएका सडक, खानेपानी लगायतका संरचनाहरुको पनि पुनर्निर्माण गर्ने÷गराउने कार्य भैरहेको छ ।