सेयर बजार परिसुचकमा गिरावट, कारोबार रकमले छोड्दै साथ


काठमाडौँ । मंगलबार सेयर बजार परिसुचक नेप्सेमा गिरावट आएको छ । नेप्से परिसुचक ०.२२ अंकले घटेर २६००.५३ अंकमा पुगेको हो ।

नेप्से परिसुचकमा गिरावट आउँदा कारोबार रकमले पनि साथ छोड्दै गएको छ ।

कारोबारमा आएका ३१६ वटा कम्पनीको १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता सेयर ६२ हजार ७५५ पटक किनबेच हुँदा ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेप्से परिसुचक ८.१३ अंकले बढेर २६०४.११ अंकमा पुग्दा कारोबार रकम ६ अर्ब ४७ करोड ८७ हजार पुगेको थियो ।
यस्तै आइतबार नेप्से परिसुचक ३२.९३ अंकले घटेर २५९५.९७ अंकमा पुग्दा कारोबार रकम ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँ पुगेको थियो ।

मंगलबार ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ८.०१ अंकले बढेको छ । हिमालयन पावरको सेयर मूल्य ७.७८ प्रतिशत, खानीखोला हाइड्रोपावरको सेयर मूल्य ५.९७ प्रतिशत, पियोर इनर्जीको सेयर मूल्य ५.८४ प्रतिशत र पाँचथर पावरको सेयर मूल्य ४.८३ प्रतिशतले बढेको छ ।
यता, १० प्रतिशत एनआईसी एसीया डेभेन्चर ५.१७ प्रतिशतले घटेको छ । दार्दी खोला जलविद्युत आयोजनाको सेयर मूल्य ४.३२ प्रतिशत, थ्री स्टार हाहइड्रोपावरको सेयर मूल्य ३.१२ प्रतिशत, बरुण हाइड्रोपावरको सेयर मूल्य ३.११ प्रतिशत र त्रिशुली जलविद्युतको सेयर मूल्य २.८१ प्रतिशतले घटेको छ

समूहगत आधारमा हेर्दा उत्पादन तथा प्रशोधन समूह २९.५७ अंकले बढेको छ । लघुवित्त समूह ८.९७ अंकले, बैंकिङ्ग समूह ५.९३ अंकले, लगानी समूह ०.२९ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।

कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी २७ करोड ६५ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार सहित अग्रस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा शिवश्री हाइड्रोपावर ६ लाख ९६६ इकाईको कारोबार सहित शीर्ष स्थानमा रहँदा कारोबार संख्याको आधारमा पियोर इनर्जी २ हजार २५ पटकको कोरोबार सहित अग्रस्थानमा छ ।

मंगलबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४३ खर्ब ३२ अर्ब ८६ करोड ३४ लाख ३६ हजार रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार  १५ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।