लुम्बिनीको नाफा ८६ प्रतिशतले वढ्यो


लुम्बिनी बिकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ करोड ३४ लाख ९१ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ८६ प्रतिशतले धेरै हो ।

बैंकले गत आर्थिक वर्षको चैतमसान्तसम्ममा १८ करोड ४४ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो । हाल २ अर्ब २० करोड ९७ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको सञ्चीत कोषमा एक अर्ब ४६ करोड ५४ लाख रुपैयाँ रहेको छ । हाल २४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले चालु आवको चैतसम्ममा २२ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

चालु आवको चैत मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी करिब २० करोडले वृद्धि गरी ७३ करोड २४ लाख रुपैयाँ पुर्याएको छ । साथै यो अवधीमा बैंकको अन्य आम्दानी २ करोडले वेद्धि गरी ९ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको सो अवधीमा बैंकको प्रतिसेयर आम्दानी २०.७३ रुपैयाँ रहेको छ । लगाीकर्ताको दृष्टिकोणवाट प्रति सेयर आम्दानी जती धेरै भयो त्यती नै राम्रो मानिन्छ । तर, मूल्य आम्दानी अनुपात १५ देखि २५ प्रतिशतसम्म भएको खण्डमा उयुक्त मानिन्छ । त्यसैगरी संस्थाको प्रति सेयर मुल्य आम्दानी अनुपात ८.४ प्रतिशत रहेको छ । मूल्य आम्दानी अनुपातलाई हेर्दा कम्पनीको सेयर मूल्य अण्डर भ्यालुड जनाउछ । सो अवधीमा संस्थाको प्रति सेयर नेटवर्थ १६६.३२ रुपैयाँ रहेको छ ।