ललितपुर क्षेत्रमा भीषण वर्षा, सावधानी अपनाउन आग्रह


काठमाडौँ । ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना छ ।

विभागले बुधबार सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । ललितपुर भई बहने गोदावरी खोलालगायत सो क्षेत्रका स–साना खोलाहरुमा बहाव बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार  ०६ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।