प्रभु बैंकको कालिमाटी एक्स्टेन्सन काउण्टर सञ्चालनमा


कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा प्रभु बैंकको कालिमाटी शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले एक्स्टेन्सन काउण्टरको सुरुवात गरेका हुन ।
बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषी तथा फलपूmल व्यवसायीहरुसँग प्रत्यक्ष सम्पर्क सम्बन्ध स्थापित गरी बैंकिङ्ग पहुँच विस्तार गर्न काउण्टर सञ्चालनमा ल्याएको जनाएको छ । कृषि क्षेत्रको विकास एवं प्रवद्र्धन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुग्ने गरी अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य काउण्टरले लिएको छ ।
कृषि क्षेत्रको विकास तथा कृषी व्यवसायमा संलग्न भई विपन्न आर्थिक जिवन व्यतित गरिरहेका कृषहरुको आर्थिकस्तर उकास्न बैंकले कृषि कर्जा शीर्षकमा कर्जा योजना तयार गरी कर्जा लगानी गरिरहेको छ । यस अन्तर्गत बैंकले अन्नवाली, तरकारी बाली, चिया÷कफी, फलपूmल तथा पुष्प खेती, पशुपालन÷पशु बधशाला, माहुरी पालन, सिंचाई, माछा पालन, शित भण्डारण लगायतका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उल्लेख्य कर्जा लगानी गरिरहेको छ ।