काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र होटल ग्रुप आईएमई हस्पिटालिटीबीच सम्झौता भएको छ । यी दुईबीच एससीटी–यूपीआई कार्डका ग्राहकहरूलाई विशेष छुट दिने विषयमा सम्झौता भएको हो ।
ग्रुपअन्तर्गतका होटलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता भएको छ । यससँगै यही जुन १ देखि डिसेम्बर ३१ सम्म लाजिम्पाटस्थित होटल ले हिमालय र साके एण्ड फेंग, तथा पोखरा स्थित लेकसाइड रिट्रिटमा सो कार्डबाट भुक्तानी गरेमा फूड एन्ड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाइनेछ ।
रुम महसुलमा छुट पस मेसिनमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ । एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ ।
यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य सम्झौता भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया