पूँजीभन्दा जगेडा धेरै भएको निर्धनले देखायो यस्तो सुधार


निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको ९ महिनाको अवधिमा ५२ करोड ७५ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ३९ करोड ९१ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद नाफा झण्डै ३२ प्रतिशतले बढेको हो ।

निक्षेप तथा कर्जाको आकार फराकिलो अन्तरले बढाएका कारण लघुवित्तको कमाईमा पनि त्यसको सिधा असर परेको हो ।

पूँजीभन्दा जगेडा कोषको आकार ठुलो भएको लघुवित्तको चुक्ता पूँजी १ अर्ब २० करोड रुपैंया छ भने जगेडा कोषमा १ अर्ब ३९ करोड रुपैंया छ ।

५८ रुपैंया ६२ पैसा प्रतिशेयर आम्दानी रहेको लघुवित्तको प्रति शेयर नेटवर्थ २१५ रुपैयाँ ६४ पैसा छ भने मूल्य आम्दानी अनुपात १३ गुणाले मात्र बढी छ । लघुवित्तको निष्कृय कर्जा अनुपात १.१३ प्रतिशत छ ।