विजय लघुवित्तको नाफा १४० प्रतिशतले वृद्धि


विजय लघुवित्तले चालु आर्थिक वर्षको चैतसम्ममा ३ करोड ७० लाख रुपैयाँ खदु नाफा गरेको छ । गत वर्षको तुलनामा लघुवित्तको खुद नाफा दुई करोड १५ लाख रुपैयाँ अर्थात १४० प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा संस्थाले एक करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

हाल चुक्ता पूँजी १७ करोड ७१ लाख रुपैयाँबाट १९ करोड ४८ लाख रुपैयाँ भएको संस्थाको सञ्चित कोषमा ६ करोड रुपैयाँ छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५० करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले एक अर्ब ८३ करोड १४ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण गरेर दुई अर्ब ४७ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा लघुवित्तले ११ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा तीन करोड ९८ लाख रुपैयाँले धेरै हो । गत वर्ष लघुवित्तले ७ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको थियो ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात २.५४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८३ पैसा छ । मूल्य आम्दानी अनुपात २५.२९ गुणा बढी छ ।