काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रथम खुलामुखी योजना संचालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट ५० करोड रुपैयाँको क्क्ष्ए समेत गर्न सकिने सिटिजन्स सदाबहार योजना संचालन अनुमति प्राप्त भई आषाढ १३ गते देखि आषाढ १७ (बैंकिङ्ग समय सम्म) योजनाको इकाई निष्काशन खुला रहने व्यहोरा रहेको छ ।
साथै, उक्त समय सम्ममा सम्पूर्ण इकाई बिक्रि नभएको अवस्थामा आषाढ २७ गते बैंकिङ्ग समय सम्म इकाई बिक्रिका लागि खुला रहनेछ ।
सिटिजन्स सदाबहार योजना खरिद गर्नका लागि आफ्नो मेरो शेयर खाता मार्फत वा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेको सि–आश्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएको शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम ५००,००० इकाई खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ । साथै, यस योजनाको प्रथम चरणमा निष्काशित इकाई बाँडफाँड पश्चात नियमक निकायहरुको नियमानुसार तथा स्वीकृति लिई क्क्ष्ए मार्फत थप इकाईहरु निष्काशनको व्यवस्था समेत मिलाइनेछ ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित अन्य योजनाहरु मध्ये प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरका ८,२०,००,००० (आठ करोड बीस लाख ) इकाईहरु रहेको सिटिजन्स म्युचुअल फण्ड १ नामक ७ बर्षे बन्दमुखी योजना परिपक्व भई, अन्तिम प्रति इकाई खुद सम्पत्ति मूल्य ११.३० रुपैयाँ मा प्रचलित कानून बमोजिम कर कट्टी समायोजन गरी इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा २७ गतेदेखि क्रमानुसार १३५ रुपैयाँ प्रतिफल समेत जम्मा गर्न सुरु गरिएको समेत जनाएको छ ।
सिटिजन्स म्युचुअल फण्ड १ को अवधिभरमा पुँजीगत लाभ तथा विगतका आर्थिक वर्षहरुमा वितरण गरिएको प्रतिफल समेत प्रति इकाई लगानीको औषत वार्षिक प्रतिफल १२ पतिशत्र रहेको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित प्रथम ७ बर्षे बन्दमुखी योजना सिटिजन्स म्युचुअल फण्ड १ लाई सफलतापूर्वक संचालन गर्न सहयोग पुर्याउने सम्पूर्ण इकाईधनीहरु, सम्पूर्ण नियमन निकायहरुलाई कोष व्यवस्थापकको तर्फबाट हार्दिक धन्यवाद दिएको छ।
सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सबिर बादे श्रेष्ठ रहेका छन् ।
नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौँ डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।
काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।












प्रतिक्रिया