सानिमा इन्स्योरेन्सको बीमा शुल्क ३ करोड


सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा करिब ३ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले पुर्नबीमा कमिशन आयबाट १ करोड ९४ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयवाट २९ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ ।
चैतसम्ममा २ करोड ७६ लाख बिमा शुल्क संकलन गरेको कम्पनीले २ करोड ३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

हाल ७० करोड रुपैयाँ चुक्ता पूँजी रहको इन्स्योरेन्सको सञ्चित कोषमा एक करोड ७५ लाख रुपैयाँ, बीमा कोषमा २ करोड १७ लाख रुपैयाँ र महाविपत्ती कोषमा २१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

चैतसम्ममा इन्स्योरेन्सले ७ हजार ९८९ वटा बीमालेख जारी गरी ९ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा ३९ वटा दाबी वापत कम्पनीले २१ लाख ४० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । सो अवधीमा कम्पनीले ६२ दाबी वापत १ करोड १२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।