सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेको हो ।

हाल यो शेयर संस्थाको विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री खुला गर्न प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ ।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।