समता लघुवित्तले एक बरावर २ को अनुपातमा हकप्रद जारी गर्ने


समता लघुवित्तले कायम रहेका सेयरधनीलाई एक बारवर २ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले पुँजी वृद्धिका लागि निष्कासन गर्न लागेको हकप्रद सेयर निष्काशन अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
लघुवित्तले १२ करोड १३ लाख रुपैयाँ बराबरको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद निष्काशन गर्न माग गरेको हो । समताले गतवर्षको नाफाबाट ६.६६ प्रतिशत बोनस पनि प्रस्ताव गरेको छ ।
हाल लघुवित्तको चुक्ता पूँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ छ । प्रस्तावित ६.६६ प्रतिशत बोनस वितरण पछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ६ लाख रुपैयाँ पुग्नेछ । लघुवित्तले त्यसपछि कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशन पश्चात लघुवित्तको पूँजी १८ करोड २० लाख रुपैयाँ पुग्नेछ ।