नेपाल इन्स्योरेन्सको लिलामीको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

नेपाल इन्स्योरेन्सले लिलामीमा राखेको एक लाख ४७ हजार १३० कित्ता शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सले हकप्रदमा नबिकेको २ हजार ५११ कित्ता संस्थापक र एक लाख ४४ हजार ५९१ कित्ता संर्वसाधारण शेयर जेठ ५ गते आइतबार देखि लिलामीमा राखेको थियो ।

इन्स्योरेन्सले फागुन २१ गतेदेखि चैत २५ गते सम्म चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात (१ः०.६५ अनुपातमा) ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर बिक्री गरेको थियो। त्यस बेला नबिकेको हकप्रद इन्स्योरेन्सले लिलामीमा ल्याएको हो।

बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आबेदन गर्न सकिनेछ । लिलामी शेयरमा प्रति कित्ता न्युनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य तोकेर बोलपत्र पेश गर्नु पर्दछ ।

ग्लोबल आईएमई क्यापिटलको कार्यालय राष्ट्रिय नाचघर, जमल काठमाडौं र ग्लोबल आईएमई बैंकको विर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणढ, पोखरा, बुटवल मिलन चोक, वीरगञ्ज, बाग्लुङ, घोरही दाङ, नेपालगंज त्रिभुवन चोक, सुर्खेत, धनगढी र महेन्द्रनगरको शाखा कार्यालयहरुमा बोलपत्र बुझाउन सकिनेछ ।

लिलामी शेयरमा जेठ १९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुगेको छ ।