सूर्या लाईफको १२ प्रतिशत बोनश पाउन आजै शेयरधनी बन्नुपर्ने

0
Shares

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पाउन जेठ २७ गते सोमबारसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

कम्पनीले बोनस शेयर वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २८ देखि असार ४ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ ।

यसअनुसार जेठ २७ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र गत आवको लाभांश र कम्पनीको साधारण सभामा सहभागि हुन पाउनेछन्।

कम्पनीले कम्पनीको रजिष्ट्रार कार्यालय विराटनगरमा असार ११ गते बुधबार एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ।

बैशाख २७ गते सम्पन्न सञ्चालक समिति बैठकले चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख १२ प्रतिशत बराबरको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो।

उक्त लाभांश साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ। बोनस पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ पुग्नेछ।

हाल दोस्रो बजारमा यो कम्पनीको शेयर ५६७ रुपैयाँ हाराहारीमा किनबेच भइरहेको छ ।