सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य समायोजन


नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीले गत वर्षको नाफावाट सेयरधनीलाइ १५.४८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेपछि शेयर मूल्य समायोजन भएको हो ।

नेप्सेले बोनसलाई समायोजन गरि कम्पनीको प्रतिकित्ता ४७१ रुपैयाँ ०८ पैसा निर्धारण गरेको छ । नेप्सेमा गत १८० दिनको कारोबार अनुसार कम्पनीको औसत आधारमूल्य भने ७४७ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांस अनुमोदनका लागि असार १३ गते १७ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ ३० गतेदेखि बुकक्लोज गरेको छ । जेठ २९ गते बुधबारसम्म कम्पनीको सेयर खरिद गरी आफ्नाृ नाममा ल्याएका लगानीकर्ताले मात्र साधारणसभामा सहभागी हुन पाउनेछन ।

बोनस वितरणपछि कम्पनीको चुक्त पूँँजी बीमा समितिले तोके बमोजिम १ अर्ब रुपैयाँ पुग्नेछ ।