¥याडिसन होटल काठमाडौद्वारा विद्यालय तथा विद्यार्थीलाई सहयोग


¥याडिसन होटल नेपालले समाजिक उत्तरदायित्व अन्तर्गत एस.ओ.एस बालग्राम सानोठिमीलाई आर्थिक सहयोग प्रदान गरेको छ । होटलले विशेष गरी जिम्मेबार व्यवसायका लागि थिङक प्लानेट, थिङक कम्यूनीटी, थिङक पिपुल भन्ने सारमा जुन महिनालाई सि.एस.आर महिनाको रुपमा मनाउदै आएको छ ।

होटलले जुन १९ मा “मेक अ डिफरेन्स्” क्याम्पीयन आयोजना गरेको छ ।  यो अक्टुवर २०१८ देखि संचालन भएको कार्यक्रम हो । यो कार्यक्रम विश्व भरिका ¥याडिसन होटल समुहका होटलहरुमा ६ महिनासम्म चलेको थियो जस अन्तर्गत प्रत्येक ¥याडिसन होटल समुहका होटलहरुले एस.ओ.एस बालग्रामलाई विक्रि भएको प्रति कोठा एक डलरका दरले रकम उपलब्ध गराएको थियो ।

सोही कार्यक्रम अन्तर्गत ¥याडिसन होटल, काठमाडौले पनि गत अक्टुवर, २०१८ देखि मार्च, २०१९ सम्म संकलित ९०१ अमेरेकी डलर एस.ओ.एस बालग्राम, सानोठिमीलाई प्रदान गरेको हो । सो रकम होटलको मानव संसाधन विभागका निर्देशक किरण पन्त समेत सहभागी एक कार्यक्रममा होटलका रुम डिभिजन म्यानेजर दिपक मान प्रधानले एस.ओ.एस बालग्रामका नेशनल डाइरेक्टर इश्वरी प्रसाद शर्मालाई हस्तान्तरण गरेका छन् । होटलले एस.ओ.एस बालग्रामका विद्यार्थीलाई छात्रवृद्धी पनि उपलब्ध गराउदै आएको छ । 

त्यसैगरी होटलले “सपोर्ट टु स्पेशल चिल्ड्रेन्स् मोविलिटी” क्याम्पीयन अन्तर्गत ५ वटा ह्विल चेअर मस्तिष्क पक्षघात भएका वालवालिकाहरुको प्रयोगका लागि सेरेब्रल पाल्सी नेपाललाई प्रदान गरेको थियो ।  सेरेब्रल पाल्सी नेपाल, धापाखेलमा आयोजित एक कार्यक्रममा होटलका सेल्स एण्ड मार्केटिङ विभागका निर्देशक पवन राजभण्डारीले सेरेब्रल पाल्सी नेपालका प्रमुख कार्यकारी अधिकृत विमल लाल श्रेष्ठलाई हस्तान्तरण गरे ।

¥याडिसन होटल समूह विश्वभर जिम्मेवार व्यवसायको लागी परिचित भएको कुरा निर्देशक पवन राजभण्डारीले सो कार्यक्रममा उल्लेख गरेका । साथै आगामी वर्षहरुमा पनि यस्ताखाले कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्घता उनले जनाएका छन् ।