असार २१ गते शनिबार दिउँसो अपराह्न ४ बजेर १५ मिनेटमा काठमाडौं र काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
भूकम्प गएपछि मानिसहरु अतालिएर घरबाट बाहिर निस्केका थिए। शनिबार बर्षासँगै भूकम्प गएको हो। २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर विनासकारी भूकम्प गएपछि सो को परकम्पहरु गइरहेका छन।
प्रतिक्रिया