हेटौँडा ह्वीलद्धरा ब्लेस्ड् बाल गृहलाई कम्प्युटर सहयोग


 हेटौँडा ह्वीलले हुण्डाई ह्यापी मुभ संग सहकार्य गर्दै ब्लेस्ड बाल गृहलाई डेस्कटप सहयोग गरेको छ । कम्पनीले समाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
कम्पनीले हेटौडाको सृजना पथमा रहेको ब्लेस्ड बालगृहलाई नयाँ डेस्कटप कम्प्युटर प्रदान गरेको छ । 
यो सहयोग वाल गृहका बालबालिकाको लागि सिकाइ प्रक्रियामा सहयोग बन्ने कम्पनीको अपेक्षा छ । बालबालिकाको डिजिटल चेतना अभिवृद्धि गराउन उक्त कम्प्युटरले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ । 

हुन्डाई ह्यापी मुभसंगको सहकार्यमा हेटौँडा ह्वील उत्साहित भएको कम्पनीले जनाएको छ । बालबालीका लागि शिक्षा नै उज्वल भविष्यको आधार भएकाले आगामी दिनमा पनि यस्ता कार्यहरू निरन्तर गरिरहने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: १७ पुस २०८१, बुधबार  १७ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।