सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल

0
Shares

सनराइज बैंक लिमिटेडले जनक शर्मा पौड्याललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।

आषाढ २७ गते बसेको बैंक संचालक समितिको बैठकले शर्मालाई श्रावण ९ गते देखि हाजिर हुने गरी ४ बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको जनाएको छ ।

पौड्यालले तत्कालिन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड) मा ईस्वी सम्बत १९८७ बाट सेवा प्रवेश गरी करिब ११ बर्ष काम गरेका थिए ।

त्यसै गरी एनआईसी बैंक (हालको एनआईसी एशिया) मा ५ बर्ष र लक्ष्मी बैंकमा करिब २ बर्षको कार्यानुभव उनीसँग छ । तत्पश्चात उनी अध्ययनको लागि बेलायत गएको र अध्ययनको क्रममा बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ बर्ष ६ महिना काम गरेका थिए ।

बेलायतबाट फर्के लगतै ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्चपदमा रही ११ बर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

उनीसंग ग्लोबल आईएमई क्यापिटल लिमिटेडको स्थापना गरी सोको संचालक/अध्यक्ष समेत भएको अनुभव छ । उनीसंग बैंकिङ्ग क्षेत्रमा ३२ बर्ष भन्दा बढिको कार्यानुभव रहेको छ ।