शेयरको पूँजीगत लाभकर गणना गर्ने यस्तो छ सजिलो विधि , कसरी हुन्छ कर गणना ?

0
Shares

साउन एक देखि पूँजीगत लाभकर घट्ने, हकप्रद र बोनसको लाभकर भारित औसत लागतको आधारमा गणना हुने

मानौ लगानीकर्ता (क) ले कखग भन्ने कम्पनीको प्रारम्भिक निष्कासनमा जारी भएको अंकित मूल्य रु १०० भएको शेयर १०० कित्ता खरिद गर्दा लागेको लागत यस प्रकार रहेको छ। 
जम्मा खरिद गरेको शेयर संख्याः १००
प्रति कित्ता शेयर खरिद रकमः रु १०० ।-
जम्मा लागत = १००*१०० = रु १००००
‍********************************************************************************
अब उक्त लगानीकर्ताले सोही कम्पनीको ५० कित्ता शेयर दोश्रो बजार मार्फत खरिद गर्दा सो लगानीकर्ताको लागत निम्नानुसार रहने छ।
नयाँ खरिद गरेको शेयर लागतः
खरिद कित्ताः ५०
प्रति कित्ता खरिद मूल्यः रु ३०० ।-
जम्मा लागत = ५०*३०० = रु १५००० ।-
******************************************************************************
अब उक्त लगानीकर्ताको सो कम्पनी खरिद गर्दाको भारित औषत लागत यस प्रकार रहने छ । 
पुरानो शेयर लागतः १००*१००+ = रु १०,०००।–
नयाँ खरिद गरेको शेयर लागत = ५०*३०० = रु १५,०००।–
उक्त लगानीकर्ताको सो कम्पनीको लागतको भारित औषत = ((१००*१००)‌+(५०*३००))/((१००+५०))‍ 
= रु १६६.६६६७ प्रति कित्ता
********************************************************************************
मानौं अब सो कम्पनीले १० प्रतिशतका दरले बोनस जारी गर्यो भने सो लगानीकर्ताको बोनस सहितको नयाँ भारित औषत गणना गर्दा निम्नानुसार गरिनेछ।
हाल सम्म कायम कित्ता = रु १५० प्रति कित्ता
हाल सम्मको लागतको भारित औषत = १६६.६६६७
हाल सम्मको जम्मा लागत = २५,०००।–
कम्पनीले प्रदान गर्ने बोनस कित्ता = १५०*१०% = १५
बोनश पश्चात उक्त लगानीकर्ताको लागतको भारित औषत = ((१५०*१६६.६६६७)‌+(१५*१००))/((१५०+१५)) 
= रु १६०.६०६१ प्रति कित्ता
नोटः कम्पनीले बोनस जारी गर्दा उक्त बोनस प्राप्त गर्दा लाग्ने कर अग्रीम रूपमा कट्टा गरिने भएकाले बोनसमा समेत लगानीकर्ताको रू १०० लागत मानी गणना गरिएको छ। 
********************************************************************************
मानौं अब सो कम्पनीले १:१ को दरले हकप्रद जारी गर्यो र सो हकप्रद उक्त लगानीकर्ताले खरिद गरेको खण्डमा सो लगानीकर्ताको हकप्रद सहितको नयाँ भारित औषत गणना गर्दा निम्नानुसार गरिनेछ।
हाल सम्म कायम कित्ता = १६५
हाल सम्मको लागतको भारित औषत = रु १६०.६०६१ प्रति कित्ता
हाल सम्मको जम्मा लागत = २६,५००।–
कम्पनीले प्रदान गर्ने हकप्रद कित्ता = १६५
हकप्रद पश्चात उक्त लगानीकर्ताको लागतको भारित औषत = ((१६५*१६०.६०६१)‌+(१६५*१००))/((१६५+१६५)) 
= रु १३०.३०३० प्रति कित्ता
********************************************************************************
मानौ उक्त लगानीकर्ताले घरायसी वा अंशवण्डा अन्तर्गतको नामसारी मार्फत सोही कम्पनीको शेयर १०० कित्ता प्राप्त गर्यो। 
अब सो शेयरको लागत समेत गणना गर्दा निम्नानुसार गरिनेछः

बिधि-१(शेयर दिनेको लागत पत्ता लागेको खण्डमा)

मानौ सो शेयर नामसारी गरिदिने व्यक्तीको लागत पत्ता लागेको छ र सो को भारित औषत लागत रू १२० प्रति कित्ता रहेछ भने उसको नयाँ लागतको नयाँ भारित औषतः
हाल सम्म कायम कित्ता = ३३०
हाल सम्मको लागतको भारित औषत = रु १३०.३०३० प्रति कित्ता 
हाल सम्मको जम्मा लागत = ४३,०००।–
नामसारी बाट प्राप्त कित्ता = १००
नामसारी गरिदिनेको लागतको भारित औषत = रु १२० प्रति कित्ता
नामसारी पश्चात उक्त लगानीकर्ताको लागतको भारित औषत = ((३३०*१३०.३०३०)‌+(१२०*१००))/((३३०+१00)) 
= रु १२७.९०६९ प्रति कित्ता

बिधि-२ (शेयर दिनेको लागत पत्ता नलागेको खण्डमा)

मानौ सो शेयर नामसारी गरिदिने व्यक्तीको लागत पत्ता लागेको छैन भने उसको नयाँ लागतको नयाँ भारित औषतः
हाल सम्म कायम कित्ता = ३३०
हाल सम्मको लागतको भारित औषत = रु १३०.३०३० प्रति कित्ता 
हाल सम्मको जम्मा लागत = ४३,०००।–
नामसारी बाट प्राप्त कित्ता = १००
नामसारी गरिदिनेको लागतको भारित औषत = रु १०० प्रति कित्ता (चुक्ता मूल्य लाई लागत मानिएको)
नामसारी पश्चात उक्त लगानीकर्ताको लागतको भारित औषत = ((३३०*१३०.३०३०)‌+(१००*१००))/((३३०+१00)) 
= रु १२३.२५५८ प्रति कित्ता

https://notebazar.com/uploads/source/articles/Cost%20of%20Capital.pdf

स्रोत: सिडीएससी