प्रभु बैंकले संचालनमा ल्यायो नयाँ दुई बचत खाता, एक करोडसम्मको बीमा

0
Shares

प्रभु बैंकले प्रभु वेलकम र प्रभु स्यालरी खातामा औषधोपचार र दुर्घटना बिमा सुविधा प्रदान गर्ने भएको छ । बैंकले निक्षेपकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले श्रावण १ गतेदेखि यो योजना संचालनमा ल्याएको जनाएको छ ।

बैंकले हाल संचालन भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेपकर्ताहरुको औषधोपचार बीमा बापत तीन लाख रुपैयाँ र दुर्घटना बीमा बापत एक करोड सम्मको जोखिम बैंकले वहन गर्ने बताएको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुइ बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दावी गर्नसक्ने र अकल्पनिय दुर्घटना बाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बिमा दावी गरी लाभान्वित हुने बिश्वास लिएको छ ।