काठमाडौँ। खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक बराबर एक (१:१) अनुपातमा सेयर निष्काशन गर्ने भएको हो ।
बोर्डले कम्पनीलाई मंगलबार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड छ ।












प्रतिक्रिया