बैंकको शाखा विस्तारको सामग्री हेलिकप्टरबाट ढुवानी


यातायातको पहुँच नभएको उपल्लो डोल्पामा शाखा विस्तारको लागि आवश्यक सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । सामग्री मूल्यभन्दा ढुवानीको मूल्य बढी परेको प्रभु बैंकले जनाएको छ ।
शे फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालताङ प्रभु बैंकको शाखा विस्तार गर्न हेलिकोप्टर प्रयोग गरिएको हो ।

सामान सुर्खेतबाट जुफाल विमानस्थल र जुफालबाट सालताङ पु¥याइएको हो । सहज ?पमा यातायातका साधनमा ढुवानी गर्ने काम नभएपछि हेलिकोप्टर प्रयोग गरिएको हो । कर्णाली प्रदेश सरकारले डोल्पा मुड्केचुला गाउँपालिका–१ काशिलखोलामा राहत वितरण गर्न समेत हेलिकोप्टरको प्रयोग भएको थियो ।

त्यस्तै डोल्पामा अहिलेसम्म पाँच वटा सुत्केरी हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ । डोल्पाका अधिकांश काम लाखौँ खर्च गरेर हवाई मार्गमार्फत काम हुने गरेको छ ।
उपल्लो डोल्पामा गरिने अधिकांश विकास निर्माणका कामदेखि अनुगमनमा समेत हेलिकोप्टरको प्रयोग हुने गरेका छन् । विकास निर्माणमा प्रयोग हुने सामग्रीसमेत हेलिकोप्टरमार्फत नै ढुवानी हुँदै आएको छ । वर्षेनी करोडाँै रकम हेलिकोप्टर, जहाजमार्फत ढुवानीमा खर्च हुने गरेको छ ।