सेयर बजारमा हरियाली, कारोबार रकम १० अर्ब नाघ्यो


काठमाडौँ । मंगलबार सेयर बजारमा हरियाली देखिएको छ । मंगलबार सेयर बजार परिसुचक नेप्से २५.०७ अंकले बढेर २६७८.१७ अंकमा पुगेको हो ।

यो सँगै कारोबार रकम पनि १० अर्ब नाघेको छ । मंगलबार कारोबारमा आएका ३११ वटा कम्पनीका २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर ८१ हजार ७३८ पटक किनबेच हुँदा १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेप्से २३.१९ अंकले बढेर २६५३.०९ अंकमा पुग्दा कारोबार रकम ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँको पुगेको थियो ।

मंगलबार सबै उपसुचकमा पनि हरियाली देखिँदा लगानी समूह ५.१२ प्रतिशतले बढेको छ । अन्य समूह १.५१ प्रतिशत, होटल तथा पर्यटन समूह १.२८ प्रतिशत, निर्जीवन बीमा समूह १.२६ प्रतिशत, बीमा समूह १.०८ प्रतिशत, व्यापार समूह १.०७ प्रतिशतले बढेको छ ।

समग्र बजारमा हरियाली आउँदा पियोर इनर्जी को सेयर मूल्य र श्री इनभेष्टमेन्ट फाइनान्सको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ । समरिद्धि फाइनान्सको सेयर मूल्य ७.८५ प्रतिशत, जानकी फाइनान्सको सेयर मूल्य ६.९४ प्रतिशत, रिलाइन्स फाइनान्सको सेयर मूल्य ६.७९ प्रतिशतले बढेको छ ।

यता, रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ६.१४ प्रतिशतले घटेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ४.१० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.६३ प्रतिशत, एनआईबीएल फण्डको सेयर मूल्य ३.२५ प्रतिशत र उपकार लघुवित्तको सेयर मूल्य २.६४ प्रतिशतले घटेको छ ।

यो सँगै कुल बजार पुँजीकरण ४४ खर्ब ६० अर्ब ९८ करोड ८३ लाख ५९ हजार रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: २७ जेठ २०८२, मंगलबार  १५ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।