पचास लाख भन्दा धेरैको कर्जामा प्यान अनिवार्य


नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत प्यान अनिवार्य गर्ने कर्जाको आकार घटाएको छ । यसभन्दा अघि एक करोडसम्मको कर्जामा प्यान अनिवार्य भएकोमा अहिले ५० लाखसम्मको कर्जा प्यान अनिवार्य गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाबाट छुट्टा छुट्टै वा एकमुष्ठ ५० लाख वा सो भन्दा बढीको कर्जा लिनु परेमा ऋणीले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) नम्बर लिनुपर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको लागि मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जामा कडाई गर्दै ऋणीको प्यान उल्लेख गरेर मात्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको हो ।