जेठसम्मको बैंकहरुको नाफा ५८ अर्ब, एनआइसि एसियाको सबैभन्दा धेरै बढ्यो

0
Shares

गत आर्थिक वर्षको जेठ सम्ममा सञ्चालनमा रहेका बाणिज्य बैंकहरुले कुल ५८ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् ।

यो नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा ५४.३० प्रतिशतले धेरै हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकहरुले कुल ३७ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा गरेका थिए । बैंकहरुले पुँजी वृद्धि संगै व्यावसाय पनि विस्तार गरेपछि गत आर्थिक वर्षको नाफा पनि वढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले जेठ मसान्तसम्ममा बैंकहरुले ५७ अर्ब ९९ करोड १० लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

गत वर्षमा बैंकहरुको औसत निक्षेपको ब्याजदर ६.६४ प्रतिशत छ भने कर्जाको औसत ब्याजदर १३.२० प्रतिशत रहेको छ । बैंकहरुले न्यून ब्याजदरमा लिएको निक्षेपलाई उच्च ब्याजदरमा कर्जा प्रबाह गरेपछि नाफा वढेको स्पष्ट हुन आउछ ।

गत आर्थिक वर्षमा बैंकहरुको स्प्रेड रेट ५, ४.७५ र ४.५ रहेको छ । गत आर्थिक वर्षको मौद्रिक नीतिले बैंकहरुको स्प्रेड रेट ४.५ प्रतिशत झर्ने भनेको थियो । सोही अनुसार केन्द्रीय बैंकले गत चैतसम्ममा ४.७५ र असार मसान्तसम्ममा ४.५ मा झर्न बैंकहरुलाइ निर्देशन दिइसकेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले त्यसलाइ झनै घटाएर ४.४ मा सिमित गरेको छ ।

बैंकहरुले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको करपछिको नाफा ४५ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ थियो । गत आवको चैतको तुलनामा जेठमा बैंकहरुको नाफा करिब १२ अर्ब ३३ करोडले वढेको हो । गत आवमा बैंकहरुले निक्षेपको व्याजदरमा भद्र सहमती गरेर कर्जाको ब्याजदर नघटाएपछि नाफा वढेको बैंकहरु बताउछन ।

बैंकहरुको आक्रामक लगानी नीतिले गर्दा प्रोभिजनिङ उच्च दरमा वढ्दा नाफा थोरैले वढेको एक बैंकरले बताए । बैंकहरुको नाफा वढ्नुको मूख्य कारण भनेको यो अवधीको स्प्रेड वढाएका सम्भव भएको उनको भनाइ छ ।गत चैतमा बैंकहरुले आधार ब्याजदर घटाएको भएपनि नाफा सोही गतीमा वढ्नु भनेको बैंकहरुले स्प्रेडमा खेलेको ति बैंकरको विश्लेषण छ ।  

गत आवका् जेठसम्ममा धेरै नाफा वढाउने बैंकका एनआइसि एसिया बैंक रहेको छ । अघिल्लो आर्थिक वर्षको ११ महिनामा ५५ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको एनआइसि एसिया बैंकले गत आवको सोही अवधीमा २ अर्ब ५२ करोड रुपैयाँले नाफा वढाई ३ अर्ब ६ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

गत आवको ११ महिनामा सबैभन्दा धेरै नाफा गर्ने सरकारी लगानी रहेको राष्ट्रिय बाणिज्य बैंक रहेको छ । बाणिज्य बैंकले सो अवधीमा ५ अर्ब १६ करोड खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधीको तुलनामा एक अर्ब ४१ करोडले धेरै हो । सो अवधिमा सबैभन्दा थोरै सिभिल बैंकले ६१ करोड रुपैयाँ मात्र खुद नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवमा नेपाल बैंक ४२ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकको ३३ करोड रुपैयाँ नाफा घटेको छ ।