नेपाल आर्थिक पत्रकार समाजमा गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन

0
Shares

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न सेजनको २०औँ साधारणसभा एवं अधिवेशनले आगामी दुई बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले अध्यक्षमा कारोबार। दैनिकका भीमप्रसाद गौतम, उपाध्यक्षमा कारोबार दैनिककै सरस्वती ढकाल, महासचिवमा क्यापिटल नेपालका सुजन ओली, सचिवमा नयाँ. पत्रिकाका कृष्ण रिजाल र कोषाध्यक्षमा ईमेज टेलिभिजनका हिमाल पौडेललाई चयन गरेको छ ।

यस्तै सदस्यमा अन्नपूर्ण पोष्ट दैनिकका विनय बञ्जरा, दि हिमालय टाइम्सका सुजन ढुंगाना, नयाँ पत्रिका दैनिककी मुना कुँवर, आर्थिक अभियान दैनिककी हिमा विक र क्यापिटल नेपालकी कमला अर्याल निर्वा्चित भएका छन् ।

सेजनका निर्वाचित नयाँ कार्यसमितिलाई नोट बजार डटकमको तर्फबाट हार्दिक बधाई एंवम सफल कार्यकालको शुभकामना ।