सर्लाहीका ‘मिटरब्याजी’ श्यामकृष्ण साह पक्राउ

0
Shares

सर्वसाधरणलाई मिटर ब्याजमा ऋण दिएर पाँच गुणासम्म ब्याज असुल्ने सर्लाहीका ‘मिटरब्याजी’ ‘परदेशी’ भनिने श्यामकृष्ण साहलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।

मिटर ब्याज पीडित स्थानीयको जाहेरीको आधारमा साहलाई घरबाटै पक्राउ गरिएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए । प्रहरीका अनुसार शाहले दुई सय जना बढी स्थानीयलाई मिटर ब्याजमा ऋण लगानी गरेर ब्याज असुल्ने गरेको पाईएको छ । 
शाहले मिटर ब्याज लगानी गरेर सहीछाप गरी अदालतमा समेत मुद्दा दर्ता गरेर पीडितबाट नगद, सरसामान तथा सुनचाँदी जफत गर्दै आएका थिए। आफ्नो सारा रकम, घरजग्गासमेत लिलामी हुने अवस्था आएपछि पीडितहरू प्रधानमन्त्री कार्यालय हुँदै गृह मन्त्रालयसम्म गुहार गरिरहेका थिए।