प्रभु बैंकको शाखा नयाँबानेश्वर


प्रभु बैंकले मध्ये बानेश्वरको शाखा कार्यालयलाइ स्थानान्तरण गरी नयाँ बानेश्वरमा पुर्याएको छ ।

बैंकले यसअघि काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १०, मध्य–बानेश्वरमा रहेको शाखा कार्यालयकालाइ काठमाडौ जिल्ला काठमाण्डौ महानगपालिका बडा न. ३१ मा स्थानान्तरण गरी आइतबार देखि सेवा सुरु गरेको छ । उक्त स्थानान्तरण गरिएको शाखाको उद्घाटन नागरिक लगानीकोष काकार्यकारी निर्देशक रमण नेपालले गरेका हुन ।

बैंकको नयाँबानेश्वरशाखा कार्यालयबाट यस क्षेत्रका संघ संस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले गुणस्तरीय सेवाको लाभ लिन सक्ने बैंकले जनाएको छ ।