एटिएम ठगी अध्ययनका लागि सिङगापुर र हङकङवाट आउदै फरेन्सिक विज्ञ


-सुरेन्द्र थापा

एटिएम ठगी प्रकरणको विस्तृत अध्ययनका लागि फरेन्सिक इनेष्टिगेसनका लागि सिङगापुर र हङकङवाट विज्ञ आउने भएका छन । ठगी प्रकरणको अध्ययनका लागि नेपाल राष्ट्र बैंकले पनि फरेन्सिक इन्भेष्टिगेसन तत्काल गर्न भनेपछि विदेशी विज्ञ नै ल्याइने भएको हो।

प्रकरणको प्राविधिक पक्षको विस्तृत अध्ययनका लागि पनि तत्काल फरेन्सिक इन्भेष्टिगेसन आवश्यक रहेको नेपाल राष्ट्र बैंकले गठन गरेको अध्ययन समतिका संयोजक बम बाहादुर मिश्रले बताए ।

ह्याकरले कहाँसम्मको डाटालाई प्रभावीत बनाउन वा पहुँचमा पुगेका छन भन्ने अध्ययनका लागि पनि फरेन्सिक इन्भेष्टिगेसनको जरुरी हुन्छ ।

शनिवार भएको एटिएम ठगी प्रकरणलाइ अध्ययन गर्न आइतबार नेपाल राष्ट्र बैंकले अध्ययन समिति गठन गर्यो । सो समितिले प्राविधिक भन्दा पनि व्यवस्थापकिय पक्षलाइ अध्ययन गरेर बुधबार  गभर्नर डा. चिरञ्जिवी नेपाललाई प्रतिवेदन बुझाएको छ । समितिले दिर्घकालीन र अल्पकालीन समस्याहरुका समाधान औल्याएर  गभर्नरलाई प्रतिवेदन बुझाएको हो ।

समितिले फरेनसिक इन्भेष्टिगेसन गर्न सुझाव दिएपछि विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी नेप्सले सिङगापुर र हङकङवाट फरेनसिक विज्ञ बोलाइसकेको छ । भोलिसम्ममा विज्ञ नेपाल आइसक्ने भएकाले आगामी केही दिन फरेन्सिक इन्भेष्टिगेसनको रिपोर्ट पनि आउने छ ।

समितिले तत्कालका लागि एटिएमवाट रकम झिक्न सिमा घटाउने, विद्युतीय भुक्तानी सेवाको बिमा गराउने समेत सुझाव दिएको समितिका संयोजक तथा नेपाल राष्ट्र बैंकका भुक्तानी विभागका कार्यकारी निर्देशक बम बाहादुर मिश्रले जानकारी दिए । बैंकहरुले पुर्ण रुपमा चिप बेस्ड कार्ड मात्र जारी गर्नुपर्ने र सिपिआइ बेस सिस्टम र सेक्यूरीटी सिस्टम भित्र रहेका सेवा दिन समेत सुझाव दिएको छ । त्यसका साथै समितिको प्रतिवेदनमा तोकिएको सिमा भन्दा धेरै पैसा एटिएमबाट निष्कासन गरेको खण्डमा आलाराम लाग्ने प्रणालीको पनि विकास गर्न  सुझाएको छ ।

ह्याकरले प्रभू बैंक, जनता बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमइ बैंकको एटिएम मार्फत करिब ३ करोड ४४ लाख रुपैयाँ गैरकानुनी रुपमा झिकेपछि त्यसको अध्ययनका लागि नेपाल राष्ट्र बैंकले आइतबार समिति गठन गरेको थियो । ह्याकरले नेपाली बैंकका एटिएमबाट नेपाली रुपैयाँ एक करोड ७६ लाख र भारतीय बैंकका एटिएमवाट एक करोड ५ लाख भारु चोरी गरेका थिए ।

समितिले यो अपराधाको सन्दर्भमा विस्तृत तथ्य पत्ता लाउनका लागि फरेन्सिक इन्भेष्टिगेसन गर्ने तथा चिप्स सहितको कार्ड तथा विना पिन एटिएमले पैसा दिन नै नमिल्ने अवस्थामा कसरी दियो भन्ने कुरामा प्रतिवेदन केन्द्रित रहेको समितिका अर्का सदस्यले बताए । ह्याकरले बैंक तथा सेवा प्रदाय कम्पनी नेप्सको सिस्टमसम्म नपुगेको प्रविधि विज्ञहरु बताउछन । ह्याकरले एटिएमबाट पैसा झिके पनि खातावालाको पैसा भने नघटेको हुनाले बैंकको सिस्टमसम्म ह्याकर नपुगेको विज्ञहरुको दावी छ ।