बारामा यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन


बारा । यहाँका किसानले यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन् ।

कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले सो जानकारी दिएका हुन । किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल २ हजार २०० रुपैयाँमा बिक्री गरिरहेका छन् । गत वर्ष प्रतिक्विन्टल ३ हजार रुपैयाँको दरले बिक्री वितरण भएको थियो । उनका अनुसार कृषकले विभिन्न जातको चैते धान १८ हजार हेक्टर क्षेत्रफलमा खेती गरेको बताए।

गत कृषकहरु १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरेका कृषि ज्ञानकेन्द्रका अर्थ विज्ञ गणेश महराले बताए।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार  १३ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।