फोन–पे को दशैँ तिहार अफर सार्बजनिक, मर्चेन्टको संख्या ५० हजार नाघ्यो

0
Shares

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन–पे पचास हजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ ।

फोन पे नटेवर्क , बैंक , ग्राहक र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । फोन पे मा ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । फोन पे ले धेरै भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्तालाई यसको सदस्य र व्यवसायिक नेटवर्क मार्फत सक्रिय बनाएर आफ्नोे क्षमतालाई ससक्त गर्दैछ ।

५० हजार मर्चेन्ट पुगेको अवसरमा तथा दशैँ तिहारलाई लक्षित गरी फोन पे प्रा.लि.ले ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत हरेक दिन १० जना मर्चेन्टले रू १०००, २ जना मर्चेन्टले रू ५ हजार, १ जना मर्चेन्टलले रू १०,००० प्राप्त गर्न सक्नेछन् ।

यो योजना असोज १ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुनेछ । साथै एजना भाग्यशाली मर्चेन्टले दशैँ, तिहार र छठ पर्बपछि एकलाख रूपैयाँ प्राप्त गर्नेछ । विजेता घोषणा कार्तिक १७ गते गरिनेछ । यस योजनामा फोन पे मर्चेन्टका सदस्य बैंक तथा वालेटमार्फत क्युआर भुक्तानी स्विकार गर्ने मर्चेएन्टलाई मात्र सहभागी गराइनेछ ।

धेरै व्यवसायीहरूले फोन पे का सदस्य बैंक तथा वालेटमार्फत कारोबार विस्तार गर्दै आफ्ना ग्राहकलाई विभिन्न छुट दिँदै आएका छन् । फोन पे का अफर फोनपेको वेभ पेज https://www.fonepay.com/offer-promo  मार्फत हेर्न सकिन्छ ।

साथै फोन पे नेटवर्कका मोबाईल बैंकिङ मार्फत समेत जानकारी लिन सकिन्छ । फोन पे ले निकट भविष्यमै अफर एप्स सार्बजनिक गर्दैछ । जहाँ चलिरहेका अफर तथा मर्चेन्ट्, इभेन्ट्स् र स्थान जस्ता ग्राहकलाई आवश्यक पर्ने जानकारीहरू समावेश गरिनेछ ।