लगातार दोस्रो दिन पनि बढ्यो सेयर बजार परिसुचक, कारोबार रकममा भने गिरावट


काठमाडौँ । सेयर बजार परिसुचक नेप्से लगातार दोस्रो दिन पनि बढेको छ । सोमबार नेप्से परिसुचक ९.१९ अंकले बढेर २६३१.४८ अंकमा पुगेको हो ।

नेप्से परिसुचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ ।

सोमबार ३१८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर ६३ हजार ३७१ पटक किनबेच हुँदा कारोबार रकम ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका कम्पनी मध्ये १४५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०३ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

आइतबार नेप्से परिसुचक २६.५३ अंकले बढेर २६२२.२८ अंकमा पुग्दा कारोबार रकम ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँ पुगेको थियो ।

सोमबार उत्पादन तथा प्रशोधन समूह ११३.९३ अंकले बढेको छ । जीवन बीमा समूह १०४.२८ अंकले, निर्जीवन बीमा समूह ७३.४४ अंकले, लघुवित्त समूह ४३.२८ अंकले र विकास बैंक समूह ३८.७८ अंकले बढेको छ ।

यस्तै, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य १० प्रतिशतले बढेको छ । धौलागीरी लघुवित्तको सेयर मूल्य ९.८० प्रतिशत, विन नेपाल लघुवित्तको सेयर मूल्य ९.१६ प्रतिशत, सिन्धू विकास बैंकको सेयर मूल्य ७.८१ प्रतिशतले र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.२१ प्रतिशतले बढेको छ ।

यता, पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ४.९२ प्रतिशतले घटेको छ । ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.६५ प्रतिशत, पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ३.७५ प्रतिशत, पाँचथर पावरको सेयर मूल्य ३.४९ प्रतिशतले र कालीका पावरको सेयर मूल्य ३.४२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा साहस ऊर्जा ३६ करोड ५३ लाख ९८ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा सिंगती हाइड्रो इनर्जी ७ लाख १५ हजार ९३९ इकाईको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबार संख्याको आधारमा २ हजार ५९७ पटकको कारोबारसहित साहास ऊर्जा अग्रस्थानमा छ ।

सोमबारको कारोबार सँगै कूल बजार पूँजीकरण ४३ खर्ब ८४ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार  १५ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।