भेञ्चर क्यापिटल तथा प्राइभेट इक्विटी मार्फत एसएमईलाई स्रोत परिचालन

0
Shares

साना तथा मझौला उद्यम विस्तारका भेञ्चर क्यापिटल/प्राइभेट इक्विटी कम्पनीहरुलाई प्रोत्साहन गर्नु पर्ने देखिएको छ । साना तथा मझौला व्यवसायका लागि आवश्यक वित्तीय स्रोतका लागि भेन्चर क्यापिटल र प्राइभेट इक्विटलाइ प्रोत्साहन गर्नु पर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले नेपालमा साना तथा मझौला उद्यम(एसएमई)मा वित्तीय साधन परिचालन अवस्थाको विषयलाइ लिएर गरेको अध्ययनले एसएमईमा लगानी वढाउने तथा वित्तीय स्रोतको उपलब्धता सहज गर्नका लागि भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी पनि उत्तम विकल्प भएको देखाएको हो ।

अध्ययनले सहकारी क्षेत्रको वित्तीय साधन परिचालन साना तथा मझौला उद्यममैत्री बनाउनुका साथै यी संस्थाबाट हुनेकर्जा प्रवाहलाई थप पारदर्शी बनाउने व्यवस्था गर्नु समेत सुझाएको छ । भेञ्चर क्यापिटल/प्राइभेट इक्विटी कम्पनीहरुलाई प्रोत्साहन गर्नुका साथै त्यस्ता संस्थाबाट साना तथा मझौला उद्योगतर्फ साधन परिचालन हुने वातावरण बनाउन आवश्यक रहेको सो अध्ययनले देखाएको छ ।

अध्ययनले नागरिक लगानी कोष, कर्मचारी संचय कोष तथा सामाजिक सुरक्षा कोषजस्ता संस्थाहरुको साधन समेत एसएमईका लागि उपयोग गर्ने आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने समेत सुझाव दिएको छ ।
अध्यनले एसएमईले औसतमा १६ जनालाई रोजगारी दिने गरेको देखाएको छ । साना तथा मझौला उद्यमको उत्पादन सम्पूर्ण देशभित्रै खपत हुने

अध्ययनले देखाएको छ । नेपालमा साना तथा मझौला व्यवसाय सुरु गर्ने पैतृक सम्पत्तिबाट ३३ प्रतिशत, आफ्नै बचतबाट २६ प्रतिशत, बैंक तथा वित्तीय संस्थाको कर्जाबाट १६ प्रतिशत, अनौपचारिक कर्जाबाट ८ प्रतिशत, विप्रेषण आयबाट ७ प्रतिशत, सहकारी संस्था कर्जाबाट ६ प्रतिशत र भेञ्चर क्यापिटलबाट ०.५ प्रतिशत सुरुवाती लगानी जुटाउने गरेको देखाएको छ ।