धितोपत्र दलाल व्यवसायी स्वेता सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नम्बर २५) बाट असोज २६ गते आइतबार शेयर कारोबार नहुने भएको छ । सो ब्रोकरकी अध्यक्ष तथा नेपालको पहिलो महिला धितोपत्र व्यवसायी सूचिता खनालकोे असोज २१ गते मंगलबार निधन भएकाले आइतबार सो ब्रोकरबाट शेयर कारोबार गर्ने लगानीकर्ताले शेयर कारोबार गर्न नपाउने भएका हुन्।
असोज २१ गते खनालको निधन भएपछि ब्रोकर कार्यालयले असोज २३, २४ र २६ गते उक्त ब्रोकरबाट हुने कारोबर सहित कार्यालय बन्द हुने सूचना नेपाल स्टक एक्सचेञ्ज मार्फत सर्वसाधारण तथा लगानीकर्तालाई दिएको थियो।
नेप्सेले खनालको असामाहिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधनबाट समग्र पूँजी बजारमा अपूणरणीय क्षति पुगेको जनाएको छ। खनालले पूँजी बजारको एक सशक्त, मर्यादित धितोपत्र व्यवसायीको रुपमा पूँजी बजारको विकास, विस्तार र महिला सहभागितामा खेलेको अगणी भुमिकाको सम्झना गर्दै दिवगंत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार र इष्टमित्रमा इश्वरले धैर्यधारण गर्ने शक्तिको कामना सहित नेप्सेले समवेदना ब्यक्त गरेको छ।
नोटबजार डटकम परिवार पनि खनालको मृत्युमा हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ।
प्रतिक्रिया