३ दिनमा १६ अर्ब बजेट खर्च, अर्थविद् भन्छन्, ‘विकास निर्माणको नाममा बालुवामा पानी खन्याउने काम भइरहेको छ’


काठमाडौँ । चालु आर्थिक वर्षको असारको ३ दिनमा १६ अर्ब ४१ करोड रुपैयाँ बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको असारको ३ दिनमा १४ खर्ब ६ अर्ब ५२ करोड रुपैयाँबाट खर्च भएर १४ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो ।

यो अवधिमा विकास बजेट मात्र ४ अर्ब १४ करोड रुपैयाँ खर्च भएको छ । विकास बजेट १ खर्ब ६४ अर्ब १५ करोड रुपैयाँबाट १ खर्ब ६८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

यस्तै यो अवधिमा चालु तर्फ ११ अर्ब ४९ करोड रुपैयाँ बजेट खर्च भएको छ । चालु खर्च असार २१ गते ९ खर्ब ४२ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । जुन खर्च असार १८ गते पूँजीगत खर्च ९ खर्ब ३० अर्ब ७२ करोड रुपैयाँ थियो ।

वित्तिय व्यवस्थापन तर्फको खर्च ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । असार १८ गते वित्तिय व्यवस्थापन तर्फको खर्च ३ खर्ब ११ अर्ब ६३ करोड रुपैयाँ थियो । यो अवधिमा वित्तिय व्यवस्थापनतर्फ ७९ करोड रुपैयाँ खर्च भएको छ ।

यसरी आर्थिक वर्ष सकिने बेला दैनिक १ अर्ब भन्दा बढी विकास निर्माणमा खर्च गर्दा त्यसको गुणस्तरीयता नहुने र बजेट खेर फाल्ने काम भएको अर्थविदहरुको भनाई छ ।

यस्तै गत आर्थिक ८०/८१ मा असारको तिनदिनमा २५ अर्ब २३ करोड रुपैयाँ बजेट खर्च भएको थियो । असार १८ सम्ममा जम्मा बजेट खर्च १२ खर्ब ६३ अर्ब ४८ करोड रुपैयाँ रहेकामा तिन दिनपछि अर्थात् २१ गते १२ खर्ब ८८ अर्ब ७१ करोड रुपैयाँ पुगेको थियो ।

उक्त अवधिमा ४ अर्ब ६२ करोड रुपैयाँ विकास बजेट खर्च भएको थियो । उक्त अवधिमा विकास बजेट खर्च १ खर्ब ४६ अर्ब ७० करोड रुपैयाँ रहेकोमा तिन दिनपछि असार २१ गते १ खर्ब ५१ अर्ब ३२ करोड रुपैयाँ पुगेको थियो ।

चालु खर्च असार १८ गते ८ खर्ब ८९ अर्ब १३ करोड रहेकोमा असार २१ गते आएर ९ खर्ब ८ अर्ब ९८ करोड रुपैयाँ पुगेको थियो । सो अवधिमा चालु खर्च १९ अर्ब ८५ करोड रुपैयाँ चालु बजेट खर्च भएको थियो ।

वित्तिय व्यवस्थापनमा २ खर्ब २७ अर्ब ६५ करोड रुपैयाँ रहेकोमा ३ दिनमा बढेर २ खर्ब २८ अर्ब ३९ करोड रुपैयाँ पुगेको थियो । वित्तिय व्यवस्थापनको खर्च ३ दिनमा ७४ करोड रुपैयाँ खर्च भएको थियो ।

यस्तै अघिल्लो आर्थिक वर्ष ७९/८०मा पनि बजेट खर्च अन्तिममा आएर ओइरो लागेको थियो । उक्त आर्थिक वर्षको असार १८ मा १२ खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ जम्मा बजेट खर्च भएकोमा असार २१ मा १३ खर्ब १ अर्ब १३ करोड रुपैयाँ पुगेको थियो ।

उक्त आर्थिक वर्षको तुलना अवधिको ३ दिनमा ३७ अर्ब ९६ करोड रुपैयाँ बजेट खर्च भएको थियो । सो आर्थिक वर्षको असार १८ गतेको विकास खर्च १ खर्ब ७० अर्ब ५० करोड रुपैयाँ रहेकामा ३ दिनमा १० अर्ब रुपैयाँले बढेर १ खर्ब ८० अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो ।

यसैगरि चालु खर्च ९ खर्ब ३५ अर्ब २३ करोड रुपैयाँबाट बढेर २१ गते ९ खर्ब ६१ अर्ब ६६ करोड रुपैयाँ पुगेको थियो । यो अवधिमा चालु बजेट खर्च २६ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको थियो ।

वित्तिय व्यवस्थापनतर्फ १ खर्ब ५७ अर्ब ४३ करोड रुपैयाँ रहेको खर्च १ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको थियो । सो अवधिमा १ अर्ब ५७ करोड रुपैयाँ बजेट वित्तिय व्यवस्थापनमा खर्च भएको थियो ।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार  ०७ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।