घट्दो बजारमा वाणिज्य बैंकहरुले बढाए औसत लाभांस (तथ्यांक सहित)


गत आर्थिक वर्षको कमाईबाट बैंकहरुले प्रस्ताव गरेको लाभांस अघिल्लो आर्थिक वर्षको तुलनामा औसतमा ५ प्रतिशतभन्दा धेरैले बढेको छ । गत आर्थिक वर्षको कमाईबाट लाभांस प्रस्ताव गरेका बैंकहरुको अघिल्लो आर्थिक वर्षको लाभांससँग तुलना गर्दा औसत लाभांस बढेको देखिएको हो ।

गत आर्थिक वर्षको कमाईबाट १४ वाणिज्य बैंकले लाभांस बितरण गर्ने प्रस्ताव गरिसकेका छन् । १३ वाणिज्य बैंकले लाभांस प्रस्ताव गर्न बाँकी छ । तथ्यांक केलाउँदा अहिले लाभांस प्रस्ताव गरिसकेका बैंकहरुलेभन्दा धेरै लाभांस अबका बैंकहरुले घोषणा गर्ने आँकलन गर्न सकिन्छ ।

केही बैंकहरुले बोनस शेयरको मात्रा बढाउँदा अधिकांस बैंकहरुले नगद लाभांसलाई प्राथमिकतामा राखेको देखिन्छ । गत आर्थिक वर्षको कमाईबाट लाभांस प्रस्ताव गरेका १४ वाणिज्य बैंकको लाभांसको तथ्यांक यस्तो छ ।

माथि उल्लेखित तथ्यांकलाई अघिल्लो आर्थिक वर्षको लाभांसको तथ्यसँग दाँजेर हेर्दा औसतमा ५.३६ प्रतिशतले बैंकहरुको औसत लाभांस बढेको देखिन्छ । १४ वाणिज्य बैंकहरुमध्ये १० वटाले बोनसको दरलाई बढाएका छन् । ४ बैंकहरुले बोनस घटाएका छन् भने अधिकांस बैंकहरुले नगद लाभांसको आकार बढाएका छन् ।

माथिका सबै तथ्यांकलाई हेर्दा अघिल्लो आर्थिक वर्षमा १४ वाणिज्य बैंकले औसतमा ५.५ प्रतिशत बोनस तथा ७ प्रतिशत नगद गरी औसतमा साढे १२ प्रतिशत लाभांस बितरण गरेको देखिन्छ । गत आर्थिक वर्षको प्रस्तावित नगद लाभांसको औसत १० प्रतिशतभन्दा माथि छ भने बोनसको औसत ८ प्रतिशत नजिक गरी कुल लाभांसको औसत १८ प्रतिशत नजिक पुगेको देखिन्छ ।

गत आर्थिक वर्षको प्रस्तावित लाभांसको तथ्यांक हेर्दा बोनसको औसत आघिल्लो आर्थिक वर्षको तुलनामा साढे ५ प्रतिशतबाट ८ प्रतिशत नजिक पुगेको देखिन्छ । नगद लाभांसको औसत भने ७ प्रतिशत नजिकबाट १० प्रतिशत नाघेको देखिन्छ ।

बैंकका आधारमा हेर्दा अघिल्लो आर्थिक वर्षमा बोनस बितरण नगरेका जनता, सनराइज, सानिमा, एभरेष्ट लगायतका ५ वटा बैंकले बोनस बितरण गर्ने प्रस्ताव गरेका छन् ।

मेगाले यस पटक नगद मात्र बितरण गर्ने प्रस्ताव गरेको छ भने सिटिजन्स, बैंक अफ काठमाण्डू, सिद्धार्थ लगायतका बैंकले बोनस घटाएर नगद लाभांसको मात्रा बढाएका छन् । एनआईसी एशियासहितका केही बैंकले भने बोनसलाई यथावत राख्दै नद लाभांस बढाएका छन् ।

१३ वाणिज्य बैंकको लाभांस घोषणा हुन बाँकी

गत आर्थिक वर्षको कमाईबाट १३ वाणिज्य बैंकले लाभांस घोषणा गर्न बाँकी छ । यी १३ बैंकको अघिल्लो आर्थिक वर्षको लाभांसको तथ्यांक भने माथि उल्लेखित १४ बैंकको भन्दा धेरै देखिन्छ । औसतमा अघिल्लो आर्थिक वर्षमा माथि उल्लेखित १४ बैंकले औसतमा साढे १२ प्रतिशत लाभांस बितरण गर्दै गर्दा तल उल्लेखित १३ बैंकले नै औसतमा १७ प्रतिशत लाभांस बितरण गरेका थिए ।

गत आर्थिक वर्षको लाभांस घोषणा गर्दा उल्लेखित १३ बैंकले अहिलेको लाभांस औसतलाई अझै बढाउने आँकलन गर्न सकिन्छ । लाभांस घोषणा गर्न बाँकी १३ बैंकको अघिल्लो आर्थिक वर्षको लाभांस इतिहास यस्तो देखिन्छ ।

नेपाल बैंकले अघिल्लो आर्थिक वर्षमा एफपीओ बेचेर ठुलो रकम जगेडा गरे पनि लाभांस बितरण गर्न सकेन । यस पटक बैंकले लगानीकर्तालाई बितरण गर्ने लाभांससँगै अन्य बैंकको लाभांसले औसत लाभांस बढ्ने देखिन्छ । नेपाल इन्भेष्टमेण्ट बैंक, एनएमबी बैंक, कृषि विकास बैंक लगायतले औसतमा राम्रो लाभांस घोषणा गर्ने आँकलन गर्न सकिन्छ । यद्यपी बैंकहरु पूँजी वृद्धि गरेर व्यवसाय बढाउने चटारोमा रहेकाले बोनसभन्दा नगद लाभांस प्राथमिकतामा पर्ने आँकलन गर्न सकिन्छ । माथि उल्लेखित तथ्यांकहरुले पनि बैंकहरु बोनसभन्दा नगद लाभांस केन्द्रित भएको देखाउँछ ।