सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ जीवन बीमा योजना


सिटिजन लाइफ इन्स्योरेन्सले शुभारम्भ जीवन बीमा नामक नयाँ योजना सुरु गरेको छ ।

राजधानीमा एक कार्यक्रमका बिच नयाँ जीवन बीमाको औपचारिक सुरुवात गरिएको हो । कम्पनी सञ्चालक समितिका सदस्य मनोज कार्की तथा दिप प्रकाश पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठको उपस्थितिमा नयाँ बीमा योजनाको सुरुवात गरिएको हो ।

१० हजार रुपैंयाको न्यूनतम बीमाङ्क रकममा बीमा गर्न सकिने नयाँ बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई दोहोरो सुरक्षा प्रदान गर्ने इन्स्योरेन्सले जनाएको छ । यस योजना मार्फत बीमितले साधारण मृत्युमा बीमाङ्कको दोब्बर रकम र दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै स्थायी पूर्ण अशक्तता लाभ, बीमाशुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा तथा ५० लाखसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत नयाँ योजनामा उपलब्ध हुनेछ ।

मुलुकभरका एक सय शाखा कार्यलयहरुबाट इन्स्योरेन्सले बीमा सेवा प्रदान गर्दै आएको छ ।