सिटिजन्स बैंकमा २९ जनालाई जागिरको अवसर, मंसिर ८ गतेसम्म आवेदन दिनु पर्ने


सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न तहमा २९ जना कर्मचारी मागेको छ । बैंकले सूचनाबाट काठमाण्डौं र उपत्यका बाहिरका विभिन्न स्थानमा गरी २९ जना कर्मचारी माग गरेको हो । बैंकले असिस्टेन म्यानेजरदेखि टे«नी असिस्टेनसम्मका कर्मचारी माग गरेको छ ।

बैंकले असिस्टेन म्यानेजर १ जना, कर्णाली प्रदेशका लागि सिनियर अफिसर वा असिस्टेन म्यानेजर १ जना, बिराटनगरका लागि सिनियर अफिसर र असिस्टेन म्यानेजर १ जना, कास्कीका लागि १ जना सिनियर अफिसर र असिस्टेन म्यानेजर, घोराही, जाजरकोट र मोरङका लागि ३ जना अफिसर र केही ब्राञ्च म्यानेजर माग गरेको छ ।

उपत्यका बाहिरका विभिन्न जिल्लाहरुका लागि ९ जना जुनियर अफिसर, २ जना सुपरभाइजर, केही जुनियर अफिसर, केही म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेनहरु माग गरेको छ ।
सबै पदका लागि आवेदकहरुले बैकको वेवसाइट सीटीजेडएनबैंक डटकमबाट मंसिर ८ गतेसम्म आवेदन दिन दिनु पर्नेछ ।