४३ प्रतिशतले व्यापार बढाएको युनाइटेड इन्स्योरेन्सले कमायो सवा एक करोड


युनाईटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड २८ लाख रुपैंया खुद नाफा कमाएको छ । गत वषको यसै अवधिमा इन्स्योरेन्सले १ करोड ११ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९६ पैसा रहेको इन्स्योरेन्सको जगेडा कोष ८९ दशमलव ४७ प्रतिशतले बढेर ६ करोड ६९ लाख रुपैंया पुगेको छ । बीमा कोषमा ३३ करोड २५ लाख रुपैंया रहेको इन्स्योरेन्सको महाविपत्ती जगेडामा ६९ लाख १४ हजार रुपैंया सञ्चित छ ।

कुल बीमा शुल्क आर्जन रकम ४३ दशमलव ९८ प्रतिशतले बढाएर १८ करोड ५३ लाख पुर्याएको इन्स्योरेन्सको कुल दावी भुक्तानी ४४ दशमलव ४० प्रतिशतले घटेर ४ करोड ४४ लाख रुपैंया पुगेको छ । इन्स्योरेन्सले ८ करोड ४९ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको छ ।

इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १५.६२ गुणाले बढी छ भने प्रतिशेयर नेटवर्थ २३४ रुपैंया ४१ पैसा छ ।