स्प्रेड बढाउँदा पनि एनसीसीको नाफा २० प्रतिशत घट्यो, सञ्चितीमा ८३ करोडले गिरावट


नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले गत पहिलो त्रैमासको तुलनामा कर्जा निक्षेपको ब्याजदर अन्तर(स्प्रेड) रेट वढाउदा पनि नाफामा गिरावट आएको छ । बैंकले सञ्चालन खर्चमा आएको वृद्धिका कारण नाफा घटेको हो ।
बैंकको स्प्रेड दर गत

आर्थिक वर्षको असोजसम्ममा ४.४७ रहेकोमा चालु आवको सोही अवधिमा वढेर ५.०७ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार औसत ब्याजदर अन्तर २०७७ असारसम्ममा “क” वर्गका वाणिज्य बैंकहरुको हकमा ४.४ प्रतिशत र “ख” र “ग” वर्गका संस्थाको हकमा ५ प्रतिशत भन्दा बढी नहुने ब्यवस्था छ । त्य

सका साथै गत आर्थिक वर्षको असारसम्ममा नै बंैकहरुको स्प्रेड ४.५ कायम गर्नु पर्ने व्यवस्था थियो ।
बैंकले करिब २ वर्ष अघि सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेशन डेभलपमेन्ट बैंकसंग मर्जर भएपछि शाखा सञ्जाल विस्तार गर्ने तथा चुक्ता पुँजी वृद्धि गरेको हो । मर्जरपछि एपेक्स डेभलमेन्ट बैंकले प्रबाह गरेको करिब एक अर्बको कर्जामा समस्या देखिएको थियो ।

बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी गत वर्षमा पुर्याएको हो । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।
बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३४ करोड ३ लाख रुपैयाँ खुद नाफा गरेकोे छ । बैंकको यो नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २०.१६ प्रतिशतले थोरै हो । गत बर्ष बैंकले ४२ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको सो अवधिमा बैंकको वितरण योग्य नाफा १० करोड २९ लाख रुपैयाँ रहेको छ ।

चालु आवको असोजसम्ममा बैंकमा ६६ अर्ब २ करोड रुपैयाँ ग्राहकको निक्षेप रहेको छ भने ६३ अर्ब २० करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । यो अवधीमा बैंकको सञ्चालन खर्च वढेकोपछि नाफामा कमी आएको हो । हाल बैंकको सञ्चित कोषमा २ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा बैंकको सञ्चित कोषमा ३ अर्ब ५९ करोड रुपैयाँ थियो । चालु आवको असोजसम्ममा बैंकको सञ्चिती करिब ८३ करोडले घटेको हो ।

चालु आर्थिक वर्षको असोजसम्ममा बैंकको आधार ब्याजदर घटेर १०.७७ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको असोजसम्ममा बैंकको आधार ब्याजदर ११.४५ प्रतिशत थियो । यो असोजसम्ममा बैंकको कोषको लागत पनि घटेर ७.५३ प्रतिशत कायम भएको छ । यस्तो लागत गत आवको सोही अवधीमा ७.८८ प्रतिशत थियो ।

तर, बैंकको चालु आवको पहिलो त्रैमासमा खराव कर्जाको अंश भने वढेको छ । यस अवधिमा बैंकको खराव कर्जा वढेर २.८७ प्रतिशत छ । गत आवको असोजसम्ममा बैंकको खराब कर्जा वढेर ३.६९ प्रतिशत थियो । चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङक अनुसार बैंकको प्रतिसेयर आम्दनी १६.७४ रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा बैंकको प्रतिसेयर आम्दानी २७.०४ रुपैयाँ थियो । सो अवधीमा बैंकको मूल्य आम्दानी अनुपात ११.७१ गुणा रहेको छ ।