सुनको भाउ २९ सय रुपैयाँले घट्यो


काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घटेर २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २९३.९५ अमेरिकी डलर र चाँदी ३६.५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार  १३ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।