आइएमई जनरल इन्स्योरेन्सले ४ प्रतिशतले व्यवसाय बढाउँदा ५ प्रतिशतले बढायो कमाई


आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २ करोड ६१ लाख रुपैयाँ खुुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ५ प्रतिशतले बढेको हो ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ३१ करोड ७४ लाख रुपैयाँ कुल बीमा शु्ल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सले कुल बीमाशुल्क आर्जन ४ प्रतिशतले बढाएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले १६ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १२ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

२५ हजार २९३ वटा बीमालेख जारी गरेको इन्स्योरेन्सको १ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी छ भने जगेडा कोषमा १७ करोड ८१ लाख रुपैयाँ सञ्चित छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ३२ लाख ३५ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैंया ७६ पैसा छ ।

प्रतिशेयर नेटवर्थ १४२ रुपैंया ९५ पैसा रहेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २६.९५ गुणाले बढी छ ।