असार २२ गतेदेखि आईपीओ निष्काशन गर्दै माबिलुङ्ग इनर्जी


काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त १८ लाख ९० हजार ५३० कित्ता शेयरमध्ये आयोजना प्रभावितका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार ४७१ कित्ता छुट्याइएको हो ।

प्रतिकित्ता मूल्य १०० रूपैयाँ निर्धारण गरिएको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आवेदन असार २२ देखि साउन ४ गतेसम्म दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।