राष्ट्रिय वाणिज्य बैंकले महिला भलिबल टिमलाई गर्यो सम्मान


राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान गरेको छ । पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको टिमलाई बैंकले सोमबार एक कार्यक्रममा सम्मानपत्र र पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान व्यक्त गरेको हो ।

हालै बंगलादेशमा सम्पन्न एशियन सेन्ट्रल जोन सिनियर वोमन भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय महिला भलिबल टिम प्रथम भएको थियो ।

कार्यक्रममा बैंक संचालक समितिका सदस्य निर्मलहरि अधिकारीले बैंकले भलिबललाई विगत देखि गरेको सहयोगको परिणाम आएको र अन्तर्राष्ट्रिय रुपमा प्राप्त भएको उपलब्धिले देशको शिर उच्च भएको बताए ।

नेपाल भलिबल संघका अध्यक्ष शर्माले बैंकले गरेको सहयोगकोे गुन संघले सुनले तिर्ने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले नेपालमा भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउंदै यस्तो कार्यक्रमले खेल खेलाडीहरुको मनोबल बढ्ने बताए ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता ४ वर्ष देखि रहदंै आएको छ ।