मर्जर प्रकृयामा रहेको नागरिक लघुवित्त भयो नोक्सानमुक्त


वोमी माइक्रोफाइनान्ससँग मर्जर प्रक्रियामा रहेको नागरिक लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्त २५ लाख १७ हजार रुपैंयाको खुद नोक्सानमा थियो ।

चुक्ता पूँजी ७ करोड रहेको लघुवित्तको जगेडा कोष ७७ लाख ९ हजार रुपैंयाले ऋणात्मक छ ।